गृहपृष्ठ डीआइजीमा बढुवाका लागि ९ जना एसएसपीको नाम सिफारिस

डीआइजीमा बढुवाका लागि ९ जना एसएसपीको नाम सिफारिस

#Nepal_Police #नेपाल_प्रहरी

गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायब महानिरीक्षक  (डीआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ । गृह सचिव नेतृत्वको बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले ९ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुने एसएसपीहरुमा गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन् । डीआईजीमा ९ वटा दरबन्दी रिक्त थियो ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु