गृहपृष्ठ भारतमा कोरोना संक्रमितको संख्या एक करोड दुई लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या एक करोड दुई लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या सोमबारसम्म एक करोड दुई लाख ७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार २१ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड दुई लाख ७ हजार ८७१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण देखा परेयता छ महिनाभित्र पहिलो पटक आइतबार कोभिड १९ को संक्रमित २० हजार भन्दा कम देखिएको थियो ।

गत २४ मा भारतमा कोरोना संक्रमणको कारण २७९ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ९०१ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ८२ हजार ६६९ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ७७ हजार ३०१ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा मात्र कोरोना संक्रमित २१ हजार ४३० जना कोरोना मुक्त भएका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ७५७ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड १९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ४५३ जनाको मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीब्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १६ करोड ८८ लाख १८ हजार ५४ को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।

भारतमा आइतबार एक दिनमा सात लाख १५ हजार ३९७ जनाको कोरोना भाइरस नमुना परीक्षण भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् ।

प्रकाशित समय १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु