गृहपृष्ठ बागमती अध्यक्ष कप फुटबल प्रतियोगिता पुस २५ देखि
बागमती अध्यक्ष कप फुटबल प्रतियोगिता पुस २५ देखि
फाइल तस्विर
दक्षिण ललितपुरको बागमती गाउँपालिकाले यही पौष २५ देखि २९ गतेसम्म ‘बागमती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७’ आयोजना गर्ने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने सो प्रतियोगिता प्युटारस्थित खयरघारी खेलमैदानमा आयोजना हुने छ । युवालाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । उनले भने, ‘यसले गाउँपालिकामा रहेका खेलाडीको क्षमता विकासमा सहयोग पुर्याउने छ ।’ प्रतियोगितामा प्रथम हुने समूहले पदक प्रमाणपत्र सहित एक लाख, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार प्राप्त गर्नेछन् ।
प्रकाशित समय १२:०८ बजे

















