गृहपृष्ठ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा बर्खास्त
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा बर्खास्त
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । केपी ओली पक्षका मन्त्री बोहोरालाई आज मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा उनी मात्रै ओली पक्षका छन् । केन्द्रमा भएको विभाजनअनुसार प्रदेशमा प्रचण्ड-माधव पक्षको स्पष्ट बहुमत छ। तर ओली समूहले पनि कांग्रेससँग मिलेर सरकार बनाउनका लागि कसरत गरिरहेको छ । चाँडै आफ्नो पक्षमा बहुमत बनाएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजान ओली पक्षको तयारी छ ।
प्रकाशित समय ११:५९ बजे

















