गृहपृष्ठ श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा नुवाकोट ओखरपौवा- १ घर भई बारा निजगढ नगरपालिका- २ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका- १फ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सिता नेपालीको शव पुस ९ गते फेला परेको थियो ।

अनुसन्धानको क्रममा जीवन र सीता पनौती बेथानचोक क्षेत्रमा घर बनाउने मिस्त्रीको काम गर्ने गरेको, उनीहरुबीच आर्थिक कारोबार सम्बन्धमा वादविवाद हुने गरेको र गत मंसिर २३ गते काभ्रेपलाञ्चोक पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भनी श्रीमतीसँगै हिँडेपछि बेथानचोक गाउँपालिका- १, हात्तीडुंगास्थित खोलाको छेउमा रातको समयमा पुगी सितालाई जिवनले हात तथा लात्तीले प्रहार गरी हत्या गरेर फरार रहेको खुल्न आएको छ ।

घटनापश्चात सम्पर्कमा नरही फरार रहेका उनलाई मकवानपुर हेटौंडा उपमहानगरपालिका- १०, बसपार्कबाट स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

प्रकाशित समय १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु