गृहपृष्ठ कुमारी बैंक र आयुर्वेद अस्पतालबीच छुटसम्बन्धी सम्झौता
कुमारी बैंक र आयुर्वेद अस्पतालबीच छुटसम्बन्धी सम्झौता
आफ्ना ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र वीरगंजस्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।
बैंकको प्रदेश- २ प्रमुख सिद्धार्थ सिंह र अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अस्पतालमा ओडीपी, प्याथोलोजी, पंचकर्म र औषधिमा ५% सम्म र थेरापीलगायत आइडीपी (बेड चार्जेज)मा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९५ शाखा सञ्जाल, १५२ एटीएम, २३ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ । आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।
प्रकाशित समय १४:०० बजे

















