गृहपृष्ठ नर्वेको ओस्लो नजिकैको गाउँमा पहिरो जाँदा २० जना बेपत्ता, सयौँ विस्थापित

नर्वेको ओस्लो नजिकैको गाउँमा पहिरो जाँदा २० जना बेपत्ता, सयौँ विस्थापित

नर्वेको ओस्लो नजिकैको एउटा गाउँमा पहिरो जाँदा २० जना बेपत्ता भएका छन् । पहिरोमा परी ५ सयभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा १० जना घाइते भएको अधिकारीहरूले जानकारी गराएका छन् । पहिरोले सयौँ घर बगाएको छ, केही पुरेको छ । घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धारमा खटिएको छ ।

अधिकारीहरूका अनुसार झन्डै दुई लाख १० हजार वर्गमिटर क्षेत्रफलमा पहिरो गएको छ । घाइते १० जनामध्ये नौ जनाको स्थानीय अस्पतालमा उपचार गराइएको छ भने गम्भीर अवस्थाका एक जनालाई थप उपचारका लागि ओस्लो पठाइएको छ ।

नर्वेका प्रधानमन्त्री इर्ना सेल्बेर्गले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।

प्रकाशित समय ०७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु