गृहपृष्ठ हिंसाविरुद्ध चित्रकला प्रदर्शन
हिंसाविरुद्ध चित्रकला प्रदर्शन
शान्तिका लागि साझा अभियान (कोक्याप) ले द्वन्द्व, जातीय भेदभाव तथा छुवाछूत, लैंगिक हिंसा, अन्याय र अत्याचारसम्बन्धी चित्रकला प्रदर्शन गरेको छ । आजदेखि सुरु भएको सो चित्रकला प्रदर्शनीमा चित्रकार रवि मिश्रद्वारा कोरिएका २० चित्र अनामनगरस्थित ‘कार्की निवास’ मा प्रदर्शन गरिएको छ ।
कोक्यापका कार्यकारी व्यवस्थापक सरोज नेपालले आज जनचासो र सामाजिक न्यायका विषयमा सबैको ऐक्यबद्धतासहित आवास बुलन्द बनाउनाका साथै राज्य र नागरिक समाजलाई जवाफदेही बनाउने उद्देश्यले प्रदर्शनको आयोजना गरिएको जानकारी दिए । प्रदर्शनीमा कोभिड- १९ को पछिल्ला नौ महिनालाई विश्लेषण गर्दै समाजमा खान नपाएर ज्यान गुमाउनुपरेको अवस्था, आत्महत्या गर्ने, घरेलु हिंसालाई पनि चित्रमार्फत प्रस्तुत गरिएको छ ।
प्रकाशित समय १८:५२ बजे

















