गृहपृष्ठ १४ जना नक्कली परीक्षार्थी पक्राउ

१४ जना नक्कली परीक्षार्थी पक्राउ

pakrau-arrest-newskarobar

सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नक्कली परीक्षार्थी बनेर परीक्षामा सामेल भएको फेला परेको खबर सम्बन्धित परीक्षा केन्द्रबाट प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना र सुर्खेतबाट ४ जना गरी १४ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु