गृहपृष्ठ ला लिगाको शीर्षस्थानमा उक्लियो रियल म्याड्रिड

ला लिगाको शीर्षस्थानमा उक्लियो रियल म्याड्रिड

सेल्टा डि भिगोमाथि २-० को सहज जित दर्ता गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा शनिबार राति भएको खेलमा रियलको जितमा लुकास भाज्क्वेज र मार्काे एसेन्सियोले गोल गरे ।

यो नतिजासँगै रियलले सहरी प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई १ अंकले पछि पारेको छ । यद्दपि रियलले एट्लेटिकोले भन्दा ३ खेल बढी खेलेको छ । रियलको १७ खेलबाट ३६ तथा एट्लेटिकोको १४ खेलबाट ३५ अंक छ । पराजित सेल्टा २३ अंकसहित आठौं स्थानमा छ ।  शनिबारको अर्को खेलमा रियल भालाडोलिडले गेटाफेलाई १-० ले पराजित गर्‍यो ।

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु