गृहपृष्ठ व्यावसायिक योजना निर्माणका लागि बिज सूत्र

व्यावसायिक योजना निर्माणका लागि बिज सूत्र

निड्स नेपाल प्रालिले डिजिटल प्रविधिमार्फत छिटोछरितो ढंगले व्यावसायिक योजना निर्माण गर्न बिज सूत्र नामक मोबाइल एप बजारमा ल्याएको छ । उद्यमको आकार हेरी आधादेखि दुई घण्टाभित्रमा व्यावसायिक योजना निर्माण गर्न सकिने गरी एप निर्माण गरिएको निड्स नेपालले जनाएको छ । यो एप स्मार्ट मोबाइल फोनमा प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

बिज सूत्रको प्रयोगबाट आफूले सञ्चालन गर्न चाहेको नयाँ व्यवसाय वा सञ्चालन भइरहेको व्यवसायको तथ्यांक तथा सूचना उद्यमी स्वयंले एपमा प्रविष्ट गरी तिनै तथ्यांक तथा सूचनाको विश्लेषणका आधारमा एपमार्फत विशिष्ट व्यावसायिक योजना स्वतः निर्माण हुने कम्पनीको दाबी छ ।

प्रकाशित समय ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु