गृहपृष्ठ दाहालले जिते प्रथम पुरुष खुला ऐतिहासिक टेबलटेनिसको उपाधि

दाहालले जिते प्रथम पुरुष खुला ऐतिहासिक टेबलटेनिसको उपाधि

भीमेश्वर नगरपालिका ७ प्रथम पुरुष खुला ऐतिहासिक टेबलटेनिस प्रतियोगिताको उपाधि आशिष दाहालले हात पारेका छन् । प्रतियोगितामा सुमित भुजेल दोस्रो र दीपेन्द्र भुजेल तेस्रो बनेका छन् ।

सान्त्वना पुरुस्कार भने राजकुमार सुवेदीले पाएका छन् । पुस १७ र १८ गते भएको प्रतियोगितामा २७ जनाले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा प्रमुख अतिथि राजु खड्काले खेल मानिसलाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्ने औजार भएको बताए ।

कार्यक्रममा आदिम कलेजका क्याम्पस प्रमुख शंकर शर्मा, सहायक क्याम्पस प्रमुख श्रीकृष्ण दाहाल, भिक्टोरी एजुकेसन कन्सल्टेन्सीका अध्यक्ष कृष्ण शाह एवं सुनौलो भविष्य बाल क्लबका अध्यक्ष सुरज शाह, श्री कुटिडाँडा माबि मकैबारीका पूर्वविद्यार्थी समाजका अध्यक्ष उमेश खड्कालगायत विद्यार्थीहरुको उपस्थिति थियो ।

प्रतियोगितको समापनसँगै वैशाख १ गते राजु स्मृति टेबलटेनिस प्रतियोगिता आयोजना गर्न नव कार्यसमितिसमेत गठन गरिएको छ । समितिको अध्यक्षमा प्रथम विजेता आशिष दाहाल छनोट भएका छन् ।

सुनौलो भविष्य बाल क्लबले आयोजना गरेको प्रतियोगिताको प्रायोजन भिक्टोरी एजुकेसन कन्सल्टेन्सी र सह-प्रायोजन आदिम नेसनल कलेजले गरेका थिए । प्रतियोगिता आदिम कलेजको प्रांगणमा भएको थियो ।

प्रकाशित समय ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु