गृहपृष्ठ केपी ओलीको समर्थनमा प्रदेश २ का युवाले निकाले धोती जुलुस

केपी ओलीको समर्थनमा प्रदेश २ का युवाले निकाले धोती जुलुस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहको युवा संघअन्तर्गत बागमती कमिटीले शनिबार प्रज्ञा भवनमा सभा आयोजना गरेको छ । उपत्यकाका विभिन्‍न स्थानहरूबाट निस्केका र्‍याली नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा पुगेर सभामा परिणत हुने जनाइएको छ । भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

र्‍यालीमा धोती जुलुससमेत निकालिएको छ । प्रदेश २ का युवाहरुले माइतीघर मण्डलादेखि रत्नपार्कसम्म धोती जुलुस प्रदर्शन गरेका हुन् । जुलुसका सहभागीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेका थिए ।

प्रकाशित समय १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु