गृहपृष्ठ प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै
प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।
पौष १७ गते सुरु भएको राष्ट्रिय सभाको अधिवेशन विजनेशनको अभावको कारण देखाउँदै आज अन्त्य गर्न लागिएको छ । संघीय संसदका दुई सदनमध्ये प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधसभा विघटन गरेपछि राष्ट्रिय सभामात्रै बाँकी छ ।
प्रकाशित समय ११:५५ बजे

















