गृहपृष्ठ राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य गर्ने सरकारको निर्णय

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य गर्ने सरकारको निर्णय

फाइल तस्बिर ।

राष्ट्रिय सभाको हिउँदे अधिवशेन अन्त्य गर्न सरकारले राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ । केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

आज बस्ने राष्ट्रिय सभाको बैठकमा थारु आयोगको प्रतिवेदन पेश गर्ने, विधायन समितिको प्रतिवेदन पेस गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति नेकपा प्रचण्ड-नेपाल पक्ष तथा नेपाली कांग्रेसका सांसदले विरोध जनाएका छन् ।

प्रकाशित समय १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु