गृहपृष्ठ चीन-भारत तनावग्रस्त लद्दाखबाट पछि हट्यो १० हजार चिनियाँ सेना

चीन-भारत तनावग्रस्त लद्दाखबाट पछि हट्यो १० हजार चिनियाँ सेना

फाइल तस्बिर ।

चीनले पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा एलएसीको नजिकैका क्षेत्रबाट आफ्ना दश हजार सेनालाई हटाएको छ । भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित गरेको समाचारअनुसार चिसो अत्यधिक बढेपछि चीनले आफ्नो सेनालाई पछाडि बोलाएको हो ।

चिनियाँ सेनाले उक्त क्षेत्रमा सैन्य अभ्यास गर्दै आएका थिए । यद्यपि अझै पनि सो क्षेत्रमा चिनियाँ सेनाहरु भने तैनाथ नै रहेको बताइएको छ । झन्डै डेढ सय किलोमिटरको उक्त इलाका भारतको एलएसीसँग पनि जोडिएको छ । गतवर्षको मे महिनायता भारत र चीनबीच सीमा विवाद जारी छ ।

त्यसयता चीनले सो क्षेत्रमा भारी हतियारहरु पनि तैनाथ गरेको बताइन्छ । चिनियाँ तयारी देखेर भारतले पनि हाल एलएसीमा ५० हजार सेनाहरु तैनाथ गरेको छ ।

प्रकाशित समय १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु