गृहपृष्ठ कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गराउन सर्वोच्चको निर्देशनात्मक आदेश

कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गराउन सर्वोच्चको निर्देशनात्मक आदेश

कक्षा ११ र १२ मा अब नयाँ पाठ्यक्रम लागू हुने भएको छ । न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंगलबार निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्चको यो निर्णयले विद्यालय र विद्यार्थीमाथि रहेको अन्योल हटेको छ ।

सरकारले २०७६ सालको फागुनमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयविरूद्ध सर्वोच्चमा रिट परेको थियो । नयाँ पाठ्यक्रम लागू गर्ने निर्णयविरुद्ध भागवत अर्यालसमेतले गत असोज २८ गते पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै सर्वोच्चले पटक-पटक सुनुवाइ सार्दै आएको थियो । अब भने सर्वोच्चले रिटनै खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ ।

प्रकाशित समय १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु