गृहपृष्ठ संसद विघटनविरुद्धका रिटलाई बृहत पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत
संसद विघटनविरुद्धका रिटलाई बृहत पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत
प्रतिनिधिसभा विघटनविरुद्धका रिट बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्षले असहमति जनाएकाे छ । महान्यायाधिवक्ता अग्नि खरेलले बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने प्रस्तावप्रति असहमति जनाएका हुन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाले बृहत् पूर्ण इजलासकाे माग सम्बन्धमा सरकार पक्षका वकिललाई सोधेका थिए । जवाफमा महान्यायाधिवक्ता खरेलले असहमति जनाएका हुन् । अहिले प्रतिनिधिसभा विघटनविरुद्धका रिट संवैधानिक इजलासमै सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा लैजाने भन्नेमा वकिलहरूको बहस जारी छ ।
प्रकाशित समय १३:३१ बजे

















