गृहपृष्ठ सुर्खेतमा डीपीआर तयार गर्नमै ४ करोड खर्च
सुर्खेतमा डीपीआर तयार गर्नमै ४ करोड खर्च
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सुर्खेतमा मात्रै चार करोड रकम खर्च भएको छ । पूर्वाधार विकास निर्देशनालयले दुई आर्थिक वर्षमा ४ करोड २१ लाख २८ हजार ३ सय ३२ रुपैयाँ खर्च गरेको हो ।
जिल्लाका विभिन्न सडक तथा पुलका योजनाको डीपीआरका लागि उक्त रकम खर्च भएको हो । आर्थिक वर्ष २०७५/७६ मा २३ वटा योजना र आर्थिक वर्ष २०७६/७७ मा २१ वटा योजनाको विस्तृत परियोजना तयार गर्नका लागि उक्त रकम खर्च भएको पूर्वाधार निर्देशनालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भेरी–बबई–आपगैरा–खलेनचौर सडकको डीपीआरका लागि ४ लाख २२ हजार ३ सय ३७, चिंगगाड–रिङरोड सुर्खेतका लागि १२ लाख १७ हजार २ सय ५८, घाटगाउँ–गुटु सडकका लागि १७ लाख ४५ हजार २ सय २८ रुपैयाँ खर्च भएको हो । त्यस्तै चारकुने–नेटा–मजुवा सडकका लागि १५ लाख ९० हजार २ सय ९, गोचेखोला–रातामाटा सडकका लागि ४ लाख ५४ हजार ८ सय २४,जहरे फुलबारी–पुरानागाउँ सडकखण्डको लागि ४ लाख ५४ हजार ८ सय २५, भेरीगंगा रिङरोड र प्रादेशिक अस्पताल सडकका लागि ४ लाख ५४ हजार ८ सय २५ रुपैयाँ खर्च भएको हो ।
त्यस्तै रत्नराजमार्ग तेलपानी भुरीगाउँ सडकखण्डका लागि ४ लाख ५४ हजार ८ सय २५, कोहोलपुर–छिन्चु–जीवनज्योति मावि– दशरथपुर सडकखण्डको लागि ४ लाख ५४ हजार ८ सय २५, झु्प्रा–साटाखानी–मेहेली–भिउँचुला–धरमपोखरा सडकखण्डको लागि १४ लाख ८१ हजार ४ सय ३०, सन्धिखोला–ज्यामिरेचौर–गाइघाट सडकखण्ड सुर्खेतका लागि ४ लाख ५४ हजार ८ सय २४ रुपैयाँ खर्च भएको इन्जिनियर सुर्यबहादुर शाहीले जानकारी दिए । उनका अनुसार कालिदमार–लेक–गेरुवानी–घुइयाबारी–कालीमाटी–सल्यानरोड सुर्खेतका लागि २ लाख १८ हजार,३ सय १६, कोटकोटिनी–बयल सडक सुर्खेतका लागि १६ लाख ८२ हजार ७ सय ८४, बोटेचौर–धारापानी–बिशालचौक–सिरेनी हुँदै देउली–सिर्पा–काफलकोट जोडने सडकखण्डको लागि १४ लाख ४४ हजार ९ सय १९, गोजीआली–पसनाउला–कालीखोला सडकका लागि ४ लाख ८२ हजार २ सय ६६, गाईघाट, मोहिटी–रानीघाट–तरंगा–कर्णाली–चिसापानी सडकखण्डका लागि १७ लाख ७३ हजार ८ सय १७ रुपैयाँ खर्च भएको हो ।
त्यस्तै रत्नराजमार्ग–थानीचौर–मदानीचौर सडकका लागि १३ लाख ८३ हजार १ सय २०, सुर्खेत धरमपोखरा–अवलचिङ–रानीबास सडकखण्डको लागि १७ लाख ८२ हजार ९ सय १४, छिन्चु–देउतीबज्यै रिङरोडका लागि १ लाख ९४ हजार ४ सय ५२, बमखर्क–देउली–जाजरकोट सडकखण्ड सुर्खेतका लागि ४ लाख ५४ हजार ८ सय ३४, कल्यान–रानागाउँ–दह–जाजरकोट सडकखण्ड सुर्खेतका लागि १३ लाख ७२ हजार २ सय ७२, ढल्किबजार–अमिलचौर–लेकपराजुल–बर्दिया सडकखण्ड सुर्खेतका लागि १८ लाख ६३ हजार ५, बडीपाटी–चौरासे–पोखराभन्ज्याङ–सडकखण्डका लागि ४ लाख ५४ हजार ८ सय २५ रुपैयाँ गरी जम्मा २ करोड ३९ लाख ५२ हजार ४ सय २४ रुपैयाँ खर्च गरेकोे शाहीले बताए ।
त्यस्तै कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २१ वटा आयोजनाका लागि १ करोड ८१ लाख ७५ हजार ९ सय ८ रुपैयाँ खर्च गरेको जानकारी दिएको छ । जसमा जेष्ठ नागरिक आवास निर्माणका लागि ३ लाख ३९ हजार, भेरीगंगा १३ र लेकवेशी ७ जोड्ने भेरीनदी झोलुङे पुल तथा भेरीगंगा १ र वीरेन्द्रनगर जोड्ने भेरीनदी झोलुङे पुलका लागि ३ लाख ९५ हजार २ सय २६, भेडाबारी–औलसुर्म–बाजपानी–अन्नपालिका–सिम्ता–गुर्भाकोट सडक खण्डका लागि ४ लाख ९० हजार ४ सय २० रुपैयाँ खर्च भएको हो । त्यस्तै दहचौ–लयापोखरा–दर्का–डाडाखाली सडक खण्डका लागि ८ लाख ७७ हजार ६०, हुर्के-ब्युरेनी-साजघाट-चेपाङ-जामु सडकखण्डका लागि ११ लाख ५५ हजार ९ सय ९०, चादनी चौक–तल्लो पर्सेनी पुलका लागि ८ लाख ९९ हजार ४ सय ८०, पोखरे–थक्लेनी पुलका लागि ८ लाख ९२ हजार ७ सय, माथिल्लो झिङेनारा पुलका लागि ८ लाख ९९ हजार ४ सय ८०, विभिन्न सडकहरुको सर्भे डिजाइन तयार गर्नका लागि ४ लाख ५६ हजार ८ सय २, विभिन्न सडकहरुको सर्भे डिजाइन तयारका लागि ४ लाख ९० हजार ४ सय २०, कोकली खोला पुलका लागि ९ लाख ७१ हजार ८ सय, बाबियाचौर खोला पुलका लागि ८ लाख ९८ हजार ३ सय ५०, हत्तेरीघाट पुलका लागि ८ लाख ९९ हजार ९ सय ३२, आरनटुडा स्यास्याले पुलका लागि ८ लाख ८८ हजार १ सय ८०, मसेरीखोला पुलका लागि ८ लाख ८८ हजार १ सय ८० रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
त्यस्तै चुकेखोला पुलका लागि ८ लाख ९७ हजार २ सय२०, राजधानी यातायात व्यवस्थापन तथा सडक सुरक्षा निर्माणका लागि ४ लाख ९८ हजार, झुप्रा–साटाखानी–मेहेली–भिउँचुला–जाजरकोट सडक खण्डका लागि १५ लाख ६६ हजार १ सय ८०, कल्यान–रानागाउँ–दह–जितेजुवा–जाजरकोट सडक खण्डका लागि १३ लाख ३२ हजार २ सय ७०, रत्नराजमार्ग–फलाटे–रानीघाट–तेलपानी–भुरीगाउँ सडकखण्डको लागि १२ लाख ६४ हजार १८ रुयैयाँ र गाइघाट–मोहटी–रानीघाट–तरंगा–कर्णाली चिसापानी सडकखण्डका लागि ११ लाख ७५ हजार २ सय रुपैयाँ खर्च भएको हो । इन्जिनियर शाहीले विस्तृत परियोजना प्रतिवेदन तयार नगरी कुनै पनि काम गर्न नसकिने बताए । उनले डीपीआर भएका र योजना परेका स्थानमा कामसमेत सुचारु गरिएको जानकारी दिए ।
प्रकाशित समय १७:४१ बजे

















