गृहपृष्ठ अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोत कर्मचारी पक्राउ

अर्काको जग्गा बिक्री गरेको आरोपमा मालपोत कर्मचारी पक्राउ

जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वीरेन्द्रनगर- ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर- ८, शंकरचोकमा रहेको छ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक-फरक व्यक्तिलाई बेचेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान सुरु भइसकेको बताउँदै भने, ‘पीडितको जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान सुरु हुन्छ ।’ अर्का आरोपी ठाकुर फरार भएको र उनको खोजी भइरहेको इन्स्पेक्टर शाहीले जानकारी दिए ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु