गृहपृष्ठ सरकारले सार्वजनिक गर्यो ‘नागरिक एप’
सरकारले सार्वजनिक गर्यो ‘नागरिक एप’
डिजिटल सेवा उपलब्ध रहेका सरकारका सबै सार्वजनिक सेवाहरु अब मोबाइल एपमा उपलब्ध हुने भएका छन् । यसका लागि सरकारले शुक्रबार ‘नागरिक एप’ सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले एप्सको शुभारम्भ गरेका हुन् ।
सो एप्स डाउनलोड गरी घरमै बसेर सरकारी सेवा सुविधा पाउने र सूचना एवं जानकारी उपलब्ध हुने सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जानकारी दिए । सचिव बस्यालका अनुसार एपमा राजश्व, ट्राफिक, यातायात लगायतका सार्वजनिक सेवाका लागि सरकारी कार्यालयमा नगइ घरमै बसेर सेवा लिन सकिने र त्यसका लागि नागरिकता, प्यानजस्ता कागजपत्र बोकेर हिँडिरहन पर्दैन । हाल नौ वटा विभिन्न कार्यक्रममा परीक्षणका लागि यो एप्स प्रयोग गरिएको छ ।
प्रकाशित समय १६:२८ बजे

















