गृहपृष्ठ शुक्रबार २७० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु
शुक्रबार २७० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४ पीसीआर परीक्षण गर्दा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ ।
आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय १ जना छन् । जसमध्ये ४ हजार ३ सय १ जना आइसोलेसनमा र २३१ जना क्वारेन्टिनमा छन् ।
शुक्रबार थप ३९० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ ।
प्रकाशित समय १६:२९ बजे

















