गृहपृष्ठ ३ हजार ५४५ पीसीआर परीक्षण गर्दा ३०२ जनामा कोरोना संक्रमण पुष्टि, ४८० जना डिस्चार्ज

३ हजार ५४५ पीसीआर परीक्षण गर्दा ३०२ जनामा कोरोना संक्रमण पुष्टि, ४८० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५४५ जनामा पीसीआर परीक्षण गर्दा  थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४८० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ। शुक्रबार थप ७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ८६ पुगेको छ।

हाल देशभर ३ हजार ६ सय १४ सक्रिय संक्रमित रहेका छन् ।

 

 

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु