गृहपृष्ठ संसद विघटन मुद्दा : राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकता जाँच गर्न माग
संसद विघटन मुद्दा : राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकता जाँच गर्न माग
राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनसम्बन्धी सूचनाको धिकारिकता जाँच गर्नका लागि सर्वोच्च अदालतमा निवेदन परेको छ । संसद विघटनविरुद्ध सर्वोच्चमा रिट हालेका सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका नेताहरु देव गुरुङ, रामकुमारी झाँक्री, शशि श्रेष्ठ तथा कृष्णभक्त पोखरेल लगायतले सर्वोच्चको संवैधानिक इजलासमा निवेदन दिएका हुन् ।
प्रकाशन मिति र वेबसाइटमा राखेको क्रम संख्यामा फरक पाइएकाले आधिकारिकता जाँच गरिनुपर्ने निवेदकहरूको माग छ । गत पुस ५ गतेकै मितिमा प्रकाशित भएको उक्त राजपत्र वेबसाइटमा भने शुक्रबार मात्रै राखिएको थियो । यसअघिको राजपत्रमा सूचना प्रकाशन भएको विषयमा विवाद भएपछि इजलासले राजपत्रको सूचना मगाएको थियो । गत शुक्रबार महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्र इजलासमा पेस गरेका थिए ।
प्रकाशित समय १२:३६ बजे

















