गृहपृष्ठ बार एसाेसिएसनका पूर्वअध्यक्षहरूकाे आपत्ति- प्रधानमन्त्रीले सार्वजनिक माफी माग्नुपर्छ
बार एसाेसिएसनका पूर्वअध्यक्षहरूकाे आपत्ति- प्रधानमन्त्रीले सार्वजनिक माफी माग्नुपर्छ
प्रधानमन्त्री केपी ओलीले ६३ वर्षदेखि न्यायको पैरवी गर्दै आएका ९५ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई अनादर गरेकाे भन्दै नेपाल बार एसाेसिएसनका पूर्वअध्यक्षहरूले आपत्ति जनाएका छन् । वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले आइतबार संयुक्त विज्ञप्ति निकालेर ओलीले सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् । ओलीको अपमानजनक अभिव्यक्तिलाई सत्ता पक्षबाट कानुन व्यवसायीमाथि भएकाे प्रहार उनीहरूको भनाइ छ ।
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा नेपालकाे न्याय जगतकै वरिष्ठतम् अधिवक्ता भण्डारीले समेत सर्वोच्च अदालतमा बहस गरेका थिए । भण्डारीलाई लक्षित गर्दै ओलीले ‘एकजना बाजे वकिललाई समेत लिएर सर्वोच्च गएछन्, तमासा देखाउन’ भनेका थिए ।

प्रकाशित समय १५:१० बजे

















