गृहपृष्ठ दुई दिनमा ५ सय रूपैयाँ घट्यो सुनको मूल्य

दुई दिनमा ५ सय रूपैयाँ घट्यो सुनको मूल्य

आइतबार ३ सय रूपैयाँले घटेको सुन सोमबार  २ सय रूपैयाँले घटेको छ । दुई दिनमा सुन ५ सय रूपैयाँ घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबारको लागि तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय रूपैयाँ कायम भएको छ । आज चाँदी आइतबारकै मूल्य अर्थात प्रतितोला १ हजार २६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित समय ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु