गृहपृष्ठ बालुवाटार प्रदर्शनबाट कृष्ण पहाडीसहित २६ जना मानवअधिकारकर्मी पक्राउ

बालुवाटार प्रदर्शनबाट कृष्ण पहाडीसहित २६ जना मानवअधिकारकर्मी पक्राउ

प्रतिनिधिसभा विघटनविरुद्ध प्रधानमन्त्री सरकारी निवास बालुवाटारअगाडि प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीमाथि प्रहरीले धरपकड गरेको छ । प्रदर्शनका क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २६ जना अधिकारकर्मी पक्राउ परेका छन् । उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रदर्शनमा सहभागीहरुले प्रम ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार : कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित समय १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु