गृहपृष्ठ हिउँदे वर्षा भएन, बाली उत्पादन घट्ने

हिउँदे वर्षा भएन, बाली उत्पादन घट्ने

यस वर्ष हिउँद याममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्ने भएको छ । गत वर्षको मंसिर, पुस र माघमा वर्षा भएको थियो । यस वर्ष एकपटक पनि पानी परेको छैन । पश्चिमका केही स्थानमा हल्का पानी परेको भए पनि अन्य ठाउँमा तीन महिनादेखि पानी नपरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । ‘हाल कायम रहेको पश्चिमी वायुको प्रभावले पानी पर्ने सम्भावना कमै रहेको छ,’ उनले भने ।

वर्षा हुनका लागि पश्चिमी वायु सक्रिय भई प्राप्त मात्रामा जलवाष्पयुक्त हावा बहनु पर्दछ । अझै एक साता वर्षा हुने सम्भावना नरहेको मौसमविद्को अनुमान छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिउँद याममा पानी नपरेकाले गहुँ, तोरी, फापर लागयतका बालीमा सुख्खा लागेकाले ५० देखि ७० प्रतिशत उत्पादन घट्ने सम्भावना रहेको वरिष्ठ कृषिविज्ञ डा. केदार बुढाथोकीले बताए । ‘माघ महिनाभित्र पानी परे केही राहत मिल्छ । धेरै नोक्सानी हुँदैन,’ उनले भनेे । हिउँदे बालीलाई कात्तिक र मंसिर पानी पर्दा हिउँदे बालीको उत्पादन वृद्धि हुने जनाइएको छ ।

प्रकाशित समय १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु