गृहपृष्ठ गरिमा विकास बैँकको स्मार्ट टेलर सुविधा सुरु
गरिमा विकास बैँकको स्मार्ट टेलर सुविधा सुरु
गरिमा विकास बैँकले ‘स्मार्ट टेलर’ सुविधाको सुरुवात गरेको छ । बैँकले चेकबिना नै मोबाइल बैँकिङमार्फत शाखामा उपलब्ध क्यूआर कोड स्क्यान गरी पैसा झिक्न मिल्ने स्मार्ट टेलर सुरुवात गरेको हो ।
हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध रहेको चाँडै सम्पूर्ण शाखा कार्यालयमा उपलब्ध गराउने बैँकले जनाएको छ । डिजिटल बैँकिङलाई प्राथमिकताका साथ आत्मसात् गर्दै ग्राहकमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधि भित्र्याउन तत्पर रहेको गरिमाका बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । गरिमा विकास बैँकले १०६ शाखा कार्यालय र ५१ एटीएमबाट ग्राहकलाई बैँकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित समय १४:३५ बजे

















