गृहपृष्ठ चोरीका २४ वटा मोटरसाइकल पक्राउ गरी सम्बन्धित धनीलाई जिम्मा

चोरीका २४ वटा मोटरसाइकल पक्राउ गरी सम्बन्धित धनीलाई जिम्मा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई आज जिम्मा लगाइएको छ । ट्राफिक प्रहरी टोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, ईमाडोल, थापाथली, तीनकुने, पाटन, ढुंगेधारा, पुरानोबानेश्वेर, सामाखुसी, ठमेल, टोखा, सुकेधारा, बसुन्धारा, दुधकोट भक्तपुर, कपन, बसुन्धारा, कोटेश्वर, धुम्बाराही, विशालनगर, सामाखुसी, कीर्तिपुर लगायतका स्थानबाट हराएको मोटरसाइकल खोजी गरी फेला पारेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

महाशाखाले पीडित सहायता इकाइबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम चोरी भएका मोटरसाइकल पक्राउ गर्न थालेको हो । जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साइरन लगायतका उपकरण जडान गर्न मोटरसाइकल चालकहरुलाई एसएसपी भट्टराईले सुझाव दिए ।

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइनसेवा Lost vehicle application मा लग-इन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको पनि उनले बताए ।
महाशाखाले यस आर्थिक वर्ष ०७७/७८ मा १ सय ९९ वटा मोटरसाइकल अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । चोरीमा संलग्न ३५ जना व्यक्तिलाई पक्राउ गरी मुद्दासमेत चलाइसकेको छ ।

प्रकाशित समय १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु