गृहपृष्ठ वर्ल्डलिंकले तीन अर्बको लागतमा डाटा सेन्टर निर्माण गर्ने
वर्ल्डलिंकले तीन अर्बको लागतमा डाटा सेन्टर निर्माण गर्ने
वर्ल्डलिंकले नेपालका १४ ठूला सहरमा इन्टरनेट डाटा सेन्टर (आईडीसी) निर्माण गर्ने घोषणा गरेको छ । हरेक प्रदेशमा कम्तीमा एउटा डाटा सेन्टर निर्माण गर्न लागिएको वर्ल्ड लिंकले जनाएको छ ।
१४ डाटा सेन्टरमध्ये काठमाडौंको सबैभन्दा ठूलो र अन्तर्राष्ट्रिय मान्यताप्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुनेछ । वर्ल्डलिंकमा अनुसार अन्य बाँकी डाटा सेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणीकरण भएको हुनेछ । यी डाटा सेन्टरहरू तटस्थ र सहयोग सुविधायुक्त हुने बताइएको छ ।
यो सुविधाले वर्ल्डलिंकको पूर्वाधार व्यस्थापनका साथै अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकमलगायत सरकारी, निजी संस्था र सम्पूर्ण देशलाई चाहिने सूचना प्रविधि, दुरसञ्चार पूर्वाधारको व्यवस्थापन गर्नेछ । आगामी ३ वर्षमा वर्ल्डलिंकले डाटा सेन्टर निर्माण गर्न करिब तीन अर्ब रूपैयाँ लगानी गर्नेछ ।
ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा दिन साथै डिजिटल नेपाल निर्माणमा सहयोग गर्नु यसको उद्देश्य रहेको वर्ल्डलिंकले जनाएको छ । यी इन्टरनेट डाटा सेन्टरहरूको सुविधाले गर्दा सबै प्रयोगकर्ताले इन्टरनेट सामग्रीहरु छिटो, सस्तो र अधिक विश्वसनीय स्तरको पाउनेछन् । वर्ल्डलिंकले डाटा सेन्टर निर्माणमा नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण तथा नेपाल सरकारसँग सहकार्य गर्नेछ ।
प्रकाशित समय १७:१९ बजे

















