गृहपृष्ठ राष्ट्रिय अनुसन्धानका कर्मचारी हत्यामा संलग्न अभियुक्त पक्राउ
राष्ट्रिय अनुसन्धानका कर्मचारी हत्यामा संलग्न अभियुक्त पक्राउ
राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक नेपालगंज उपमहानगरपालिका- १८ बस्ने २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त बाँके नेपालगंज उपमहानगरपालिका- ६, फुल्टेक्रा बस्ने १८ वर्षीय बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रविण गत माघ २ गते नेपालगंज उपमहानगरपालिका- १८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न परियारलाई भक्तपुर, चाँगुनारायण नगरपालिका- ९, ताथलीमा लुकिछिपी रहेको अवस्थामा फेला पारी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
प्रकाशित समय १७:२२ बजे

















