गृहपृष्ठ प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई अदालतमा उपस्थित हुन आदेश
प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई अदालतमा उपस्थित हुन आदेश
अदालतको अवहेलना मुद्दामा सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पूर्वप्रधानन्यायाधीशहरु मीन बहादुर रायमाझी, अनुपराज शर्मा, सुशीला कार्की र कल्याण श्रेष्ठविरुद्धको तथा पूर्वसभामुख दमननाथ ढुंगानासमेतलाई पनि अदालतमा हाजिर हुन आदेश दिएको छ ।
अदालतमा भएको सुनुवाइ र त्यसमा संलग्न वरिष्ठ अभिवक्ताको विषयमा गरेको टिप्पणीले अदालतको अवहेलना भएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेले छुट्टा-छुट्टै निवेदन हालेका थिए । यता पूर्वप्रधानन्यायाधीहरुविरुद्ध सर्वोच्चलाई प्रभावमा पार्न खोजेको भन्दै धनजित बस्नेत र लोचन भट्टराईले निवेदन हालेका छन् । पूर्वसभामुख ढुंगानाविरुद्ध अभिवक्ता राजाराम घिमिरेले निवेदन हालेका हुन् ।
प्रकाशित समय १६:५६ बजे

















