गृहपृष्ठ धनुषामा डिष्ट्रिलरी व्यवसायीको हत्या
धनुषामा डिष्ट्रिलरी व्यवसायीको हत्या
५१ वर्षीय डिष्ट्रिलरी व्यवसायी प्रमोद रेग्मीको हत्या भएको छ । रेग्मीको माघ १५ गते शव बरामद गरिएको प्रहरीले जनाएको छ । क्षिरेश्वरनाथ नगरपालिका –७ महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्ट्रिलरी इन्डस्ट्रिजका सञ्चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिका ७ चुओर स्थायी घर भएका प्रमोद रेग्मीको हत्या भएको पीडितका आफन्त विनोद पाण्डेले दावी गरेका छन् ।
माघ १४ गते बिहान उदयपुरबाट उद्योगमा आएका रेग्मीको शव रक्ताम्य अवस्थामा माघ १५ गते विहान ९ बजे उद्योगको प्रांगणमा रहेको कोठाभित्र फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक रायले बताए । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार रेग्मीको टाउकोमा ७ इन्च लामो २ इन्च गहिरो चोट देखिएकाले हत्याको आशंका गरिएको हो । अहिले घटनाबारे प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान गरि रहेको उनले बताए ।
प्रहरीले शवलाई पोष्टमार्टमका लागि माघ बिहीबार बेलुकी सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । हाल मृतक रेग्मीसहित चारजना मिलेर महेन्द्रनगरमा डिष्ट्रिलरी सञ्चालन गरेका थिए । रेग्मी डिष्टिलरीका निर्देशकको रुपमा काम गर्दै आएका थिए ।
प्रकाशित समय १५:३३ बजे

















