गृहपृष्ठ रुकुमपश्चिमबाट विप्लव समूहका पाँच कार्यकर्ता पक्राउ

रुकुमपश्चिमबाट विप्लव समूहका पाँच कार्यकर्ता पक्राउ

रुकुम पश्चिमबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५ जना कार्यकर्ता पक्राउ परेका छन् । मुसिकोट नगरपालिका- १ को रावलबाडामा संगठन विस्तार गरिरहेका विशेष सूचनाका आधारमा उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका- २, बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा (प्रशान्त), त्रिवेणी- ९, प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका- १ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाइली रहेका छन् । बोहरा विप्लवको विद्यार्थी संगठनका जिल्ला अध्यक्षसमेत हुन् ।

उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गएको माघ १० गते त्रिवेणी गाउँपालिका- ६, बिसौनीमा प्रेसर कुकर बम राखेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको रुकुम पश्चिमका डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु