गृहपृष्ठ घरभित्रै जलेर वृद्धको मृत्यु

घरभित्रै जलेर वृद्धको मृत्यु

जिल्लाको कचनकवल गाउँपालिका- १ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोवर्द्धन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतबार बिहान १:५५ बजे अचानक आगलागी हुँदा काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घर जल्दा घरभित्रै जलेर उनको मृत्यु भएको थियो भने अन्य सदस्यले भागेर ज्यान जोगाएका थिए । आगलागीमा परी एउटा गाई, दुइटा बाछा र तीन वटा बाख्रासमेत मरेका छन् । आगो प्रहरी, स्थानीयवासी, भद्रपुर, विर्तामोड नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो र आगलागीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । (रासस)

प्रकाशित समय १२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु