गृहपृष्ठ संसद विघटन मुद्दा : सरकारका तर्फबाट बहस सुरु

संसद विघटन मुद्दा : सरकारका तर्फबाट बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूको सुनुवाईको क्रममा सोमबारदेखि प्रतिरक्षा बहस सुरु भएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले सरकारका तर्फबाट बहस सुरु गरेका छन् । रिट निवेदकका तर्फबाट कानून व्यवसायीको बहस आइतबार सकिएको थियो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटन गर्ने निर्णय  असंवैधानिक रहेको भन्दै १३ जनाले रिट निवेदन दर्ता गरेका छन् । सोही रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा माघ ४ देखि सुनुवाई जारी छ ।

निवेदकका तर्फबाट करिब तीन सय जना कानुन व्यवसायीले वकालतनामा भरे पनि करिब ७० जनाले मात्र बहस गरेका छन् । सरकारी पक्षका तर्फबाट ११ जना सरकारी वकिल र त्यसबाहेक ८८ जना कानुन व्यवसायीले वकालतनामा भरेका छन् ।

प्रकाशित समय १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु