गृहपृष्ठ घुस रकमसहित सशस्त्रका हवल्दार अख्तियारको नियन्त्रणमा
घुस रकमसहित सशस्त्रका हवल्दार अख्तियारको नियन्त्रणमा
महोत्तरीको गौशाला नगरपालिका- ५ स्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार श्रवण बस्नेत १५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।
हवल्दार बस्नेतले घरायसी प्रयोजनका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीबाट अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा वर्दिवासस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको अख्तियारका साहयक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।
प्रकाशित समय १४:४२ बजे

















