गृहपृष्ठ सरकारविरुद्ध अर्को रिट : संवैधानिक नियुक्ति रोक्न सर्वोच्चमा निवेदन
सरकारविरुद्ध अर्को रिट : संवैधानिक नियुक्ति रोक्न सर्वोच्चमा निवेदन
सरकारविरुद्ध सर्वोच्च अदालतमा फेरि अर्को रिट परेको छ । संवैधानिक नियुक्ति र सपथ रोकिपाउँ भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन हालेका हुन् । त्रिपाठीले राष्ट्रपतिको कार्यालय, नेपाल सरकार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई रिटमा विपक्षी बनाएका छन् ।
सो रिट बिहान ११ बजे नै पेस भएको र अहिले दर्ता प्रक्रियामा रहेको अधिवक्ता त्रिपाठीले बताए । विभिन्न ११ वटा आयोगमा पदाधिकारी तथा सदस्यहरुको नियुक्तिका लागि संवैधानिक परिषदले गरेको सिफारिस संविधानविपरीत भएको उनको जिकिर छ ।
प्रकाशित समय १५:४३ बजे

















