गृहपृष्ठ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्यामा संलग्न ७ जना अभियुक्त पक्राउ

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्यामा संलग्न ७ जना अभियुक्त पक्राउ

arrest_पक्राउ_news karobar

नेपालगंज उपमहानगरपालिका- १८ घर भई राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक पदमा कार्यरत २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न ७ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका- १८, लग्दहवा ठेगाना भएका कर्की भन्ने २४ वर्षीय दिनेश कुमार कुर्मी (बर्मा), सोही ठाउँ बस्ने सुर्खेत गुर्भाकोट नगरपालिका- १४, गुमी घर भएका १९ वर्षीय निश्चल गुरूङ, नेपालगंज उपमहानगरपालिका- ४, बसपार्क डेरा गरी बस्ने जाजरकोट जुनिचाँदे गाउँपालिका- ७ घर भएका तेज मगर भन्ने २१ वर्षीय तेज बहादुर बीएम, नेपालगंज उपमहानगरपालिका- ६, फुलटेक्रा बस्ने १७ वर्षीय किशोर रहेका छन् । त्यसैगरी नेपालगंज महानगरपालिका- ५, बसपार्क ठेगाना भएका १६ वर्षीय किशोर, नेपालगंज उपमहानगरपालिका- ४, गणेशपुर बस्ने राप्ति सोनारी गाउँपालिका- १, कुसुम घर भएका १७ वर्षीय किशोर र नेपालगंज उपमहानगरपालिका- २ घरबारीटोल बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका- १० घर भएका १६ वर्षीय किशोर पनि पक्राउ परेका छन् ।

राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रविण गत माघ २ गते नेपालगंज उपमहानगरपालिका- १८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित समय १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु