गृहपृष्ठ अख्तियारका आयुक्त डा. जोशीद्वारा राजिनामा

अख्तियारका आयुक्त डा. जोशीद्वारा राजिनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले नेपालको संविधानबमोजिम आजदेखि लागू हुनेगरी आयुक्त पदबाट राजिनामा दिएका छन् ।

उनले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिखित राजिनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रकाशित समय १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु