गृहपृष्ठ हामी नजितेसम्म लड्छौँ, जनताको बलबाट भए पनि संसद पुन:स्थापना हुन्छ : डा. भट्टराई

हामी नजितेसम्म लड्छौँ, जनताको बलबाट भए पनि संसद पुन:स्थापना हुन्छ : डा. भट्टराई

baburam-newskarobar

जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताएका छन् । जसपा चितवनले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले निर्वाचन घोषणा गरिए पनि हुने सम्भावना भने नरहेको विचार व्यक्त गरे ।

सरकारले लोकतन्त्रमाथि प्रश्न उठाउँदै संविधानको मर्मविपरीत काम गरेको पूर्वप्रधानमन्त्री डा. भट्टराईले आरोप लगाए । ‘जनताको बलबाट भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुन सक्छ । हामी नजितेसम्म लड्छौँ । बाह्य शक्तिले हस्तक्षेप गर्ने खतरा छ, राष्ट्रियतामाथि नै खतरा छ,’ उनले भने ।  पार्टीले फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनको तयारी गरिरहेको जानकारी पनि उनले बताए ।

फरक प्रसंगमा उनले पार्टी एकताको प्रक्रिया केही समयमा नै टुंग्याएर अघि बढ्ने योजनासहित अघि बढेको जानकारी दिए । ‘पार्टीलाई वैकल्पिक शक्तिका रुपमा विकास गर्ने योजनाका साथ हामी लागेका छाैं,’ उनले भने ।

प्रकाशित समय १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु