गृहपृष्ठ बिहीबार थपिए १७१ जना कोरोना संक्रमित, २ जनाको मृत्यु
बिहीबार थपिए १७१ जना कोरोना संक्रमित, २ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ।
बिहीबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३३ जना पुगिसकेका छन् ।
आज थप २२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यसका साथै नेपालमा डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको हो । हाल देशभर २ हजार २ सय ७७ सय जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित समय १६:५२ बजे

















