गृहपृष्ठ दुई नापी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
दुई नापी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
घुस रकमसहित पक्राउ परेका जिल्ला अदालत रुपन्देहीका नापी निरीक्षकद्वय मनोज थापा र सुमित चापागाईँविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस रकम लिँदालिँदै उनीहरु पक्राउ परेका थिए ।
अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीबाट रकम लिइरहेको सूचना पाएपछि बुटवलस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर हुन आएकाले ५ हजार बिगो रकम कायम गरी बिहीबार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
प्रकाशित समय १७:१४ बजे

















