गृहपृष्ठ नेकपाका दुवै समूहबाट व्यक्त अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज प्रतिकुल : नेपाली कांग्रेस

नेकपाका दुवै समूहबाट व्यक्त अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज प्रतिकुल : नेपाली कांग्रेस

झाँक्रीलाई अविलम्ब रिहा गर्न माग

पछिल्लो समय नेपाली राजनीतिमा बढ्दै गएको उत्तेजक अभिव्यक्ति र व्यवहारको श्रृंखलाप्रति नेपाली कांग्रेस गहिरो चिन्ता प्रकट गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहको नेतृत्व पंक्तिबाट व्यक्त हुँदै आएका अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज अनुकुल नभएको कांग्रेसको ठहर  छ ।

बिहीबार कांग्रेसले विज्ञप्ति जारी गर्दै अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरु जो जसबाट प्रकट भए पनि ती सबै आलोच्य भएको जनाएको छ । ‘त्यस्ता अभिव्यक्तिले त्यस्ता दल र व्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ । नेपाली कांग्रेस संयमपूर्वक यसको समाधान पहिल्याउन अपील गर्दै नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गर्दछ,’ प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न दुवै समूहलाई कांग्रेसल आग्रह गरेको छ । ‘एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण व्यवहार गरेर अभिव्यक्तिलाई नै राज्य विरुद्धको अपराध करार गरेर अधिनायक चिन्तनका साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराउँदछौं,’ कांग्रेसले भनेको छ ।

प्रकाशित समय १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु