गृहपृष्ठ भारतबाट नेपालतर्फ आइरहेका युवक पेस्तोलसहित पक्राउ
भारतबाट नेपालतर्फ आइरहेका युवक पेस्तोलसहित पक्राउ
वीरगन्ज महानगरपालिका- २५, सिर्सिया बस्ने रामा साह भन्ने २४ वर्षीय उपेन्द्र साहलाई १ थान कटुवा पेस्तोलसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
बीआर ५ ए एफ ४६४७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका साहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोल फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १८:१५ बजे

















