गृहपृष्ठ भागरथीकाे हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न कांग्रेसकाे माग

भागरथीकाे हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न कांग्रेसकाे माग

नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न सरकारसँग माग गरेको छ । घटनाको अनुसन्धानलाई तीव्र बनाएर दोषीलाई तत्काल पक्राउ गर्न आग्रह गरिएको प्रवक्ता विश्व प्रकास शर्माले बताए । बलात्कार र हत्याका हरेक घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन माग कांग्रेसले गरेको हो ।

‘भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः अनुसन्धान तीब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ ।’

कांग्रेसले महिलामाथि हुने हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जाँदा राज्यले बिशेष नीति अख्तियार गरेर प्रशासनलाई थप बलियो बनाउन सरकारसँग आग्रह गरेको छ । निर्मला पन्त प्रकरणका दोषी अझै खुला घुमिरहेको उल्लेख गर्दै कांग्रेसले भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरु कानूनको कठघरा भन्दा बाहिर नै रहेको स्मरण सरकारलाई गराएको छ । ‘महिला उपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जांदा राज्यले बिशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकार समक्ष माग गर्दै नेपाली कांग्रेस यस्ता घटना विरुद्ध सिंगो समाजको सजगताका लागि अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु