गृहपृष्ठ अटो दुर्घटना हुँदा सुर्खेतमा एक बालिकासहित तीनको मृत्यु

अटो दुर्घटना हुँदा सुर्खेतमा एक बालिकासहित तीनको मृत्यु

अटो दुर्घटना हुँदा सुर्खेतमा एक बालिकासहित तीनजनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका-५, मुरमुरेमा भे. १ ह २१३५ नम्बरको अटो दुर्घटना हुँदा तीनजनाको ज्यान गएको हो । दुर्घटनामा पञ्चपुरी नगरपालिका-५ की २४ वर्षीया विनिता शाही, उनकी नाै महिनाकी छोरी प्रतीक्षा शाही र पञ्चपुरी नगरपालिकाका-५ का अटोचालक ३६ वर्षीय अशोक रावलको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
दुर्घटनामा पञ्चपुरी नगरपालिका-५ की २४ वर्षीया भूमिसरा रावल, ४२ वर्षीय बिर्ख नेपाली र ३८ वर्षीया लक्ष्मी नेपाली घाइते भएका छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य चौकी सालकोटमा उपचारपछि वीरेन्द्रनगर ल्याइएको प्रहरीले जनाएको छ । मृतकहरुको शव पोष्टमाटमका लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ वीरेन्द्रनगरमा ल्याइएको छ । बावियाचौर बजारबाट तातापानी जाँदै गर्दा मुरमुरेमा दिउँसो ३ बजे अटो दुर्घटना भएको थियो । अटो सडकबाट करिब १ सय किलोमिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।

प्रकाशित समय १९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु