गृहपृष्ठ ट्रम्पको सन्देशले वासिङ्टनको यूरोपप्रतिको विश्वास विगार्ने

ट्रम्पको सन्देशले वासिङ्टनको यूरोपप्रतिको विश्वास विगार्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औद्योगिक राष्ट्रहरूको समूह जी–७ बारे आइतबार गरेको ट्वीटर सन्देश वासिङ्टनको यूरोपप्रतिको विश्वास विगार्ने खालको अभिव्यक्ति भएको जर्मनीले बताएको छ ।

जर्मनीका विदेशमन्त्री हेइको मासले भने, ‘जी–७ सम्मेलनको समाप्तिसँगै सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा समर्थन नजनाएर ट्रम्पले गरेको ट्वीटर सन्देशले वासिङ्टन र यूरोपबीचको विश्वासिलो सम्बन्धलाई ‘तोडेको छ ।’

एउटा ट्वीटले अमेरिका र यूरोपबीचको असाधारण विश्वासलाई छिट्टै तोड्न पनि सक्छ । त्यसैले यूरोपले एक भएर आफ्नो हितका लागि प्रतिवाद गर्नेछ, मासले आफ्नो ट्वीट सन्देशमा उनले भनेका छन् । ‘एकतावद्ध यूरोप पहिला अमेरिकाको प्रतिउत्तर हो ।’

(रासस÷एएफपी)

प्रकाशित समय ०७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु