गृहपृष्ठ इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण केन्द्रमा आगलागी

इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण केन्द्रमा आगलागी

इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण गृहमा आइतबार आगलागी भएको छ । उक्त केन्द्रमा पूर्वी बग्दादका जिल्लाहरूका मत्रपत्रहरू भण्डारण गरि राखिएको थियो ।

इराकको संसदले निर्देशन गरी उक्त क्षेत्रको मतपत्र पुनः गणना गर्न भनेको थियो । तर त्यस अगाबै भएको आगलागीबाट कति क्षति भयो भन्नेबारे बिस्तृत विवरण आइसकेको छैन ।

इराकी अधिकारीहरुले आगलागीको कारण तत्कालै थाहा हुनसकेको छैन । गत मे १२ मा व्यवस्थापिकाका लागि भएको निर्वाचनमा उक्त क्षेत्रबाट प्रजातान्त्रिक व्यवस्थाको वकालत गर्दै आएका सिया धर्मगुरू मोकतादा सादरले अनपेक्षित विजय हाँसिल गरेका थिए । उनीमाथि निर्वाचनमा छलकपट गरिएको आरोप अन्य समूहले लगाएका छन् ।

(रासस/एएफपी)

प्रकाशित समय ०७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु